सेमिफाइनलका लागि एथ्लेटिको म्याड्रिड र लाइपजिग भिड्दै

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ । आजको खेलमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र जर्मन क्लब आरबी लाइपजिग आमने सामने हुँदैछन् । 

यी दुई स्पेनिस र जर्मन टोलीको यो नै पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । लाइजिगले युरोपियन प्रतियोगितामा स्पेनिस प्रतिद्वन्द्वी पाएको पनि यो पहिलो पटक हो ।

अन्तिम १६ मा एथ्लेटिको म्याड्रिडले साविक विजेता लिभरपुललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । त्यसैगरी लाइपजिग पनि साविक उपविजेतालाई टोटनह्याम हट्स्परलाई पराजित गर्दै क्वाटरफाइनलसम्म आइपुगेको हो ।  

एथ्लेटिको म्याड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा जर्मन प्रतिद्वन्द्वी विरुद्धका हरेक खेल जित्दै अर्को चरणका लागि छनोट भएको छ । यता, लाइजिगले भने यही सिजन नै च्याम्पियन्स लिगमा नकआउट चरणका खेलहरू खेल्दैछ । 

आजको यो खेल नेपाली समयअनुसार राति १२:४५ बाट सुरु हुनेछ ।





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १२:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया