‘नेयमार र एमबाप्पेले पीएसजी छोड्दैनन्’
फरकधार / २९ साउन, २०७७

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का अध्यक्षले नेयमार जुनियर र केलियन एमबाप्पेले पीएसजी नछोड्ने बताएका छन् । क्लबका अध्यक्ष नसेर अल खालेफीले ब्राजिल तथा फ्रान्सका स्टारले कहिल्यै क्लब नछोड्ने बताएका हुन् ।



एमबाप्पे र नेयमारको उत्कृष्ट प्रदर्शनले गतराति भएको खेलमा जित निकाल्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको थियो । तर, एमबाप्पे जम्मा २० मिनेटमात्रै खेलेका थिए ।

नेयमारले भने खेलका केही स्पष्ट अवसर खेर फालेका थिए ।

नेयमार र एमबाप्पेको प्रशंसा गर्दै खालेफीले भने, ‘एमबाप्पे र नेयमार विश्वका उत्कृष्ट खेलाडी हुन् । गएको खेलमा त नेयमार झन् उत्कृष्ट थिए ।’

तर, केही समय पहिला पीएसजीले नेयमार र एमबाप्पे बेच्ने सूचीमा राखेको समाचार बाहिरिएको थियो । 

पीएसजीले नेयमार र एमबाप्पे विश्वकै सबैभन्दा मोटो रकम खर्च गरेर भित्र्याएको थियो ।  पीएसजीमा दुई स्टारहरूले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १६:४:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया