एन्फाका ५३ जनाको कारोना रिपोर्ट नेगेटिभ, एकको पुनः परीक्षण गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) मा संकलन गरेर परीक्षण गरिएका स्वाबको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एन्फामा बुधबार संकलन गरिएका ५४ मध्ये ५३ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । 

तर, एक जनाको स्वाब शंकास्पद देखिएपछि पुनः परीक्षण गर्नुपर्ने एन्फाले जनाएको छ ।

राष्ट्रिय टोलीका २८ जनाकै कारोना रिपोर्ट नेगेटिभ आउँदा खेलाडीसहित अन्य कर्मचारी सम्मिलित २९ जनामध्ये एक जनाको शंकास्पद आएको एन्फाले जानकारी दिएको हो ।

एन्फाले भदौ १ गतेबाट हुने भनेको प्रशिक्षणको मिति सरेसँगै क्वारेन्टिनमा रहेका खेलाडी तथा कर्मचारीलाई घर पठाउने भएको छ । तर, खेलाडीहरूलाई सुरक्षित रहन कडा निर्देशन समेत दिएको बताएको छ ।

त्यसैगरी एन्फाको कार्यालय पनि भदौ ३ गतेसम्म बन्द नै रहनेछ ।

उता फिफा र एएफसीले पनि यो वर्ष हुने विश्वकप र एसियन कपका छनोट खेलहरू अर्को वर्षसम्मका लागि स्थगन गरेका छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १६:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया