ओली प्रचण्डबीच १० दिनपछि वार्ता, कुराकानी समाधानउन्मुख
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ । १० दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानी समाधानउमन्मुख रहेको बताइएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार आजको भेटवार्ता सकिएको छ । छलफल समाधानउन्मुख छ । भोलि पनि वार्ता जारी राख्ने समझदारी बनेको छ । ओली–प्रचण्डबीच गत साउन २० गतेपछि वार्ता हुन सकेको थिएन । २१ गते साँझ ५ गते वार्ता तय भएको भए पनि त्यसदिन प्रचण्ड समूहले काठमाडौंको प्रेसिडेन्सियल कलेजमा पत्रकार भेला राखेपछि छलफल भाँडिएको थियो ।

एपी वन टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पाँचदिनभित्र निकास निकाल्ने बताएका थिए । ओली र प्रचण्डबीच केन्द्रित कुराकानीबारे विस्तृतमा नखुलाइए पनि विभिन्न विकल्पमा छललफल भइरहेको छ । पछिल्लो कुराकानीमा ओलीले महाधिवेशन आयोजक कमिटी गठन गर्ने र त्यसको एकल नेतृत्व गर्न प्रचण्डलाई प्रस्ताव गरेको बुझिएको छ ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले महाधिवेशन आयोजक कमिटी बनाएर जाने पनि एउटा विकल्प भएको बताएका छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १७:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया