कालिकोटको महाबै गाउँपालिकाको वडा नम्बर ३ मा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रजबहादुर विष्टको परिवारका सदस्य रहेका छन् । विष्ट वडा सदस्य पनि हुन् । पहिरोमा परि उनका दुई छोरा, दुई छोरी र उनका दाजुका दुई छोरी गरि ६ जनाको मृत्यु भएको हो ।
पहिरो गएको ठाउँमा अहिले प्रहरी र स्थानीय मिलेर उद्धारमा जुटेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।