लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा

जर्मन क्लब आरबी लाइप्जिग स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाइ पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोर्चुगलको स्टाडियो जोसे एल्भालडेमा गएराति भएको खेलमा लाइप्जिग २–१ ले विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि यो खेलमा भएका सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५० औं मिनेटमा कप्तान मार्सेल साबिट्जरको क्रस पासलाई ड्यानी ओल्मोले हेडमार्फत उत्कृष्ट गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाए ।

७१ औ मिनेटमा जाओ फिलिक्सले पेनाल्टीमार्फत् गोल गर्दै एथ्लेटिकोलाई खेलमा फर्काए । लुकास कोल्स्टरम्यानले फिलिक्लाई नै डिबक्स भित्र लडाएपछि एथ्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो । 

८८ औं मिनेटमा एन्जेलीनोको पासलाई टाइलर एडम्सले गोलमा परिणत गर्दै लाइप्जिगको सेमिफाइनल यात्रा पक्का गरे ।  

पहिलो उपाधिको खोजिमा रहेको लाइप्जिगले फाइनल प्रवेशकालागि फ्रन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नेछ ।  





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार ८:५७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया