सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी आन्तरिक विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
नेकपा विवाद समाधानका निम्ति ठोस निष्कर्ष निकाल्ने उद्देश्यले नेकपा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु शंकर पोख्रेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, भीम रावल रहेको ६ सदस्यीय कार्यदल गठन गरेको उच्चस्रोतले जानकारी दिएको छ ।
बालुवाटारमा भर्खरै सम्पन्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलले उक्त कार्यदल गठन गरेको स्रोतले बताएको छ ।
१० असारबाट सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा विवादोन्मुख भएको थियो ।
यद्यपि बिहीबार दुई अध्यक्ष ओली-प्रचण्डबीच भेट भएपछि विवाद समाधानको दिशातर्फ उन्मुख भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।