नेपाल टेलिकमको नाफा सवा अर्ब घट्यो

काठमाडौं– नेपाल टेलिकमको नाफा सवा अर्ब घटेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेपाल टेलिकमले ८ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

यो अघिल्लो वर्ष सोही अवधिको भन्दा १ अर्ब १९ करोड ७९ लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा टेलिकमले ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लकडाउनको बेलामा प्रयोगकर्तालाई निःशुल्क सुविधा दिएकोले पनि नाफा घटेको हो । लकडाउनको अवधिमा ५३ करोड ४० लाख बराबरको शतप्रतिशत बोनस प्रदान गरेको टेलिकमले जनाएको छ । 

यस्तै, २२ करोड ८३ लाख बराबरको मोबाइल डाटामा छुट, ५ करोडको निःशुल्क कल सेवा उपलब्ध गराएको टेलिकमको तथ्यांक छ ।

त्यस्तै, टेलिकमको सेवा बिक्रीबापतको मुख्य आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्ष ३६ अर्ब ८६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्लो आर्थिक वर्षमा ३४ अर्ब ५७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । 

यो २ अर्ब २९ करोड रुपैयाँले कम हो । कम्पनीले अन्य स्रोतबाट ६ अर्ब ९२ करोड आम्दानी गरेको छ ।



टेलिकमले गत आर्थिक वर्षमा ४१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा टेलिकमले ४३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।



  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १६:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया