के जाडोमा कोरोना थप खतरानक हुने हो ?

अहिले विश्वका लागि ठूलो महामारी बनेको छ, कोरोनाभाइरस । गत वर्ष डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा मानिसमा देखिएको कोरोनाभाइरस संक्रमण अब विश्वभर फैलिएको छ । 

यो भाइरसबारे अहिलेसम्म आएको जानकारीअनुसार पछिल्ला केही महिना यो भाइरस विश्वका विभिन्न देशमा थप संक्रामक देखिन थालेको छ । अब विश्वका केही देशमा जाडो मौसम सुरु हुँदैछ । र, वैज्ञानिकहरु यसबारे अध्ययन गर्न थालेका छन् कि कतै यो भाइरस थप आक्रामक हुने त होइन ? 

यसबारे ठोस जानकारी आएको छैन । तर, वैज्ञानिकहरु थप चिन्तित चाहिँ भएका छन् ।

बिबिसीको हिन्दी संस्करणमा प्रकाशन भएअनुसार केही वैज्ञानिकहरुले कोरोनाभाइरस जाडो मौसममा थप सक्रिय हुने अनुमान पनि गरेका छन् । अनि यसको दोस्रो लहर पनि जाडो मौसममा आउन सक्ने बताइएको छ । यस्तो भएमा कोरोनाले जाडोमा थप धेरै मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

हो, यो पूर्वानुमान अहिले जटिल र अनिश्चित लाग्न सक्छ । तर, उत्तरी गोलार्धका देशका लागि यो चिन्ताको विषय पनि बन्दै गएको छ ।

त्यसैले प्रश्न उठेको छ, के कोरोनाभाइरस जाडो मौसममा थप संक्रामक हुने त होइन ?



अरु भाइरसलाई जस्तै यो भाइरसलाई पनि व्यवहार गरियो भने यो थप समस्याग्रस्त हुनसक्ने धेरै वैज्ञानिकहरुले चेतावनी दिएका छन् । 

कोलम्बिया विश्वविद्यालयमा वातावरणीय विज्ञान विभागका प्रोफेसर मिकेला मार्टिनेजका अनुसार मौसम बदलिँदा भाइरसहरुले पनि आफ्नो स्वरुप बदल्न थाल्छन् । वैज्ञानिक अध्ययनहरुले यस्तो देखाएको उनले बताएकी छिन् ।



मिकेलाका अनुसार मानिसमा संक्रामक रोगले गर्ने हमला एक विशेष मौसममा आधारित हुन्छ । हामीलाई रुघाखोकी लागेजस्तै । अनि गर्मीमा पोलियो र अरु संक्रामक रोगहरुको विस्तार छिटो भएजस्तै । 

यसलाई नै लिएर वैज्ञानिकहरुले अहिले चिन्ता व्यक्त गर्न थालेका हुन् । अनि यसको कारणमा वैज्ञानिकहरुले कोरोनाभाइरस ह्युमिडिटी बढी हुँदा कम फैलिएको पाएा छन् । 

त्यसैले, अब जाडोमा तापमान कम हुँदा ह्युमिडिटी कमी हुने भएकाले कोरोना संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । कोरोनाकै सन्दर्भमा भन्ने हो भने अहिले वैज्ञानिकहरुले यो भाइरसमाथि ल्याबमा गरेका अनुसन्धानमा त मौसम बदलिँदा भाइरसको परिवर्तन पनि अर्कै ढंगले भएको बातएका छन् । 

तर, यो निश्चित होइन कि प्रयोगशालामा भाइरसले जस्तो असर देखाएको छ, त्यस्तै बाहिरी दुनियाँमा पनि देखाउँछ ।

अर्कोतिर कोरोनाको सन्दर्भमा भने यो उल्टो हुनसक्ने बताइएको छ । त्यसैले त बेलायती सरकारको एक रिपोर्टमा अब कोरोनाभाइरसको दोस्रो लहर आउन सक्ने चेतावनी दिन थालिएको छ ।

  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १६:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया