पत्रकारसँग ‘भिडे’ डोनाल्ड ट्रम्प

पत्रकारः राष्ट्रपति जी, के साढे तीन वर्ष बित्दा तपाईंलाई आफूले बोलेका सबै झुटहरुबारे कुनै अफसोस छ ?

डोनाल्ड ट्रम्पः के सबै झुट, के ? 

पत्रकारः त्यो सबै झुट जुन तपाईंले अमेरिकी नागरिकसँग बोल्नु भएको छ ।

यो सवाल जवाफ हो, अमेरिकी राष्ट्रपति र एक पत्रकारबीचको जुन अमेरिकी ह्वाइटहाउसमा बिहीबार भएको थियो । ह्वाइटहाउसमा पत्रकारका प्रश्नको जवाफ दिँदै थिए, डोनाल्ड ट्रम्प । अनि यो प्रेस बिफ्रिङमा उनीसँग निकै तिखा प्रश्न गरिएको थियो । 

अनि यसमा ट्रम्पले खासमा जवाफ दिएनन् । उनी त अर्को पत्रकारतिर फर्किएर र आफ्ना कुरा राख्न थाले । 

बिर्सनु हुँदैन अमेरिकी नेतृत्व सम्हालेपछि ट्रम्पले गरेको यस्तो बानी यो पहिलो पटक होइन । यसअघि पनि बारम्बार ट्रम्प र पत्रकारबीच निकै ठूला विवाद भएका छन् । किनकि उनी खुलेआम केही पत्रकारहरुलाई र मिडियालाई फेक न्युजको संज्ञा दिन्छन् । कतिपयलाई उनले भ्रष्ट मिडिया पनि भनेका छन् ।



आखिर मिडियासँग वा पत्रकारसँग ट्रम्प कहिले कहिले झोँकिएका छन् त ? 

११ मे २०२०



यो दिन ट्रम्पले एक महिला पत्रकारको कोरोनाभाइरस संक्रमणबारे गरिएको प्रश्नको उत्तरमा भनेका थिए– यो प्रश्न चीनसँग सोध्नु । ती पत्रकार एशियाली मूलकी थिइन् । ट्रम्पले उनको प्रश्नलाई इग्नोर मात्र गरेनन्, अर्को पत्रकारसँग कुरा गर्न पनि थाले । 

२० अप्रिल २०२० 

कोरोनाभाइरसबारे नै भएको यो पत्रकार सम्मेलनमा पनि ट्रम्पले निकै आक्रामक रुप देखाए । उनले सामाजिक दूरी पालना नगरेको भन्दै एक पत्रकारले उनलाई प्रश्न सोधेकी थिइन् । यसमा पत्रकारको नाम सोधेर ट्रम्पले दिएको जवाफ थियो– यही कोरोनाभाइरसका कारण त मैले चीनबाट आउने उडानहरु बन्द गरिदिएँ । केही बेर यी दुईबीच विवाद भयो । पछि त ट्रम्पले ती पत्रकारलाई भने– आवाज कम गर्नू !

  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १७:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया