अस्ट्रेलियन टिममा तीन नयाँ अनुहार

तीन नयाँ अनुहारलाई समेट्दै आगामी महिनादेखि इङ्ग्ल्यान्ड भ्रमण निस्कने २१ सदस्यीय अस्ट्रेलियन टोलीको घोषणा भएको छ ।

आरोन फिंच कप्तान रहने टोलीमा जोस फिलिप, राइली मेरिडिथ तथा डानियल साम्सले पहिलोपटक स्थान बनाएका छन् ।

ग्लेन म्याक्सबेल, नाथन लायन तथा मार्कस स्टोइनिसले पनि टोलीमा पुनरागमन गरेका छन् ।

अस्ट्रेलियाले इङ्ग्ल्यान्ड भ्रमणका क्रममा ३ एकदिवसीय तथा २ टि–२० खेल्नेछ ।  

खेलहरू सप्टेम्बर ४ देखि १६ सम्म हुनेछ । सबै टि–२० साउथह्मटनस्थित रोस बोउलमा हुनेछ भने एकदिवसीय खेलहरू म्याचेस्टरस्थित वर्ल्ड ट्राफफोर्टमा हुनेछ ।

टि–२० खेल सप्टेम्बर ४, ६ र ८ मा खेलिनेछ भने एकदिवसीय खेल सेप्टेम्बर ११, १३ र १६ मा खेलिनेछ ।



अस्ट्रेलियाको एकदिवसीय तथा टि–२० टिम 

आरोन फिंच (कप्तान), सन एबट, एस्टन अगर, एलेक्स केरी, प्याट कमिंस, डेभिड वार्नर, जोस हेजलउड, मार्नुस लाबुसेन, नाथन लायन, ग्लेन म्याक्सबेल, मिचेल मार्स, राइली मेरिडिथ, जोस फिलिप, डानियल साम्स, एडम जाम्पा, केन रिचर्डसन, मिचेल स्टार्क, स्टिभ स्मिथ, मार्कस स्टोइनिस, एड्रयु टाई र म्याथ्यु वेड ।



  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १७:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया