बुटवल– भैरहवामा भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको छ । सिद्धार्थनगर नगरपालिका कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले लकडाउनको निर्णय गरेको हो ।
निर्णयअनुसार साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि सम्पूर्ण नगर क्षेत्रमा लकडाउन हुने भएको छ ।
लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाहरु मात्र सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
लकडाउन अवधिभर खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्नुपर्नेछ ।
बैंक, वित्तीय संस्था, सहकारी संस्थाहरुलाई कम कर्मचारीमार्फत विद्युतीय माध्यमबाट मात्र सेवा सञ्चालन गर्न र काउण्टर सर्भिस गर्न निर्देशन दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।