धनुषामा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष रहेका छन् ।
श्वासप्रश्वासमा समस्या देखिएका यी पुरुषलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो ।
बिहीबार उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । तर, बाटोमै उनको निधन भयो ।
उता, शुक्रबार नै सर्लाहीमा पनि एक महिलाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने महिला ६५ वर्षको भएको जनाइएको छ ।
योसँगै प्रदेश २ मा मात्र कोरोनाका कारण ४२ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।