सामूहिक रूपमा गरिने सबै क्रियाकलाप १७ दिनका लागि प्रतिबन्ध
फरकधार / ३० साउन, २०७७

काठमाडौं जिल्ला प्रशासन कार्यालयले १७ दिनका लागि सामूहिक रुपमा गरिने सबै क्रियाकलापमा रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार जारी गरेको विज्ञप्तिमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि सामूहिक क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा काठमाडौ उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गइरहेकाले सामूहिक क्रियाकलाप गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले त्यस्ता क्रियाकलापमा रोक लगाइएको बताइएको छ । प्रशासनले तोकिएका कुनै पनि क्रियाकलाप गरेका कानुन बमोजिम कारबाही गरिने बताएको छ ।


 

  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १९:६:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया