शरीर बन्धक कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ
फरकधार / ३० साउन, २०७७

काठमाडौं– प्रहरीले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पक्राउ गरेको छ । शरीर बन्धक कसुरमा शुक्रबार मध्याह्न मन्थलीबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

उनीमाथि स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न दबाब दिएको आरोप छ । सोही आरोपमा  अध्यक्ष खड्कासहित लिखु तामाकोसी–५ का लालबहादुर तामाङलाई पनि पक्राउ गरिएको छ । 

जिल्ला अदालतबाट पहिलोपटक सात दिनलाई म्याद थप गरी उनीहरुलाई हिरासतमा राखिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

सडक तथा नाला निर्माणका लागि गाउँपालिकाबाट उपभोक्ता समितिको खातामा रकम पठाएपछि खड्काले चेकमा हस्ताक्षर गर्न दबाब दिएको र समितिका पदाधिकारीले हस्ताक्षर गर्न नमाने पनि खातामा रहेको रकम निकालिएको बताइएको छ । 

यसअघि खड्कालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीबाटै निलम्बित गरेको थियो । नेकपाका रामेछाप जिल्ला कमिटी सदस्यसमेत रहेका उनलाई पार्टी अनुशासनविपरीत काम गरेर आफ्नै सहकर्मीलाई झुटो आरोपमा फसाएको भन्दै पार्टीले कारबाही गरेको हो । 

  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १९:४७:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया