उपरथी पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

सहायक रथीबाट उपरथीमा बढुवा भएका पाण्डेलाई सैनिक मुख्यालय जंगीअड्डामा आयोजित समारोहमा प्रधानसेनापति थापाले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

गत साउन २६ गतेको मन्त्रिपरिषदले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गरेको थियो । उपरथी पाण्डेलाई सरकारले उत्तरपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिइएको छ ।

पाण्डेले करिब १५ महिना सेनाको प्रवक्ताको जिम्मेवारी पूरा गरेका थिए । साउनको पहिलो सातादेखि उनले उत्तरपश्चिम पृतनामा निमित्त प्रमुखका रुपमा काम गर्दै आएका थिए ।





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १९:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया