दोलखामा एक साता लकडाउन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार रातिदेखि लागू हुने गरी एक सातासम्मका लागि लकडाउन गरेको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गौरीशंकर गाउँपालिकामा कोरोना फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले भदौ ६ गतेसम्मका लागि लकडाउन गरेको हो ।

गौरीशंकर गाउँपालिकामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा पाँचजनामा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको भनाइ छ । 

गाउँपालिकामा कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका ८३ जनाको कोरोना परीक्षण गरिएको थियो ।





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार २०:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया