थर्ममिटरले थाहा हुँदैन कोरोनाभाइरसः डा. फाउची

अमेरिकामा कोरोनाभाइरस नियन्त्रण टिमका सबैभन्दा ठूला वैज्ञानिक डा. एन्थोनी फाउचीले भनेका छन् कि थर्ममिटरले तापक्रम नाप्दैमा कोरोनाभाइरस भए नभएकोबारे केही थाहा हुँदैन । थर्ममिटरले यो भाइरस संक्रमण पक्का भएको संकेत नगर्ने उनले बताएका हुन् ।

एक फेसबुक लाइभ कार्यक्रममा उनले यस्तो बताएका हुन् । शरीरको तापमानले कोरोनाभाइरस भए नभएकोबारे कुनै जानकारी नदिने उनले बताएका हुन् । 

उनले यही कारणले अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा अहिले तापमान जाँच्न बन्द गरिएको पनि जानकारी दिएका छन् ।

तर, अहिले पनि विश्वका विभिन्न ठाउँमा र नेपालका पनि विभिन्न ठाउँमा तापमान जाँचेर नै कोरोनाभाइरस मुक्त भएको भ्रम छरिँदै गरेको छ । ‘बरु सोझै मानिसहरुलाई सोधेको राम्रो,’ डा. फाउचीले भनेका छन्, ‘यसले समय पनि बच्छ, कोरोना नभएको भ्रम पनि हुँदैन ।’





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार २१:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया