मनमैंजुमा छुरा प्रहार गरि एकजनाको हत्या

काठमाडौंको मनमैंजुमा एक जनाको छुरा प्रहार गरि हत्या भएको छ । 

मृतक नुवाकोटका लक्ष्मण तामाङ भएको खुलेको छ । उनको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनीमाथि उनकै साथी दोर्जेले छुरा प्रहार गरेका हुन् । 

त्यहाँको एक खाजाघरमा दुईबीच भनाभन भएपछि दोर्जेले छुरा प्रहार गरेका थिए । दोर्जे तामाङ फरार भएको प्रहरीले बताएको छ । प्रहरीले दोर्जेको खोजी सुरु गरेको छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार २२:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया