बार्सिलोनाविरुद्ध बायर्न म्युनिखको गोलको वर्षा

जर्मन क्लब बार्यन म्युनिख स्पेनिस क्लब बार्सिलोनाविरुद्ध सानदार जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । 

गएराति पोर्चुगलको स्टुडियो डा लुजमा भएको खेलमा बायर्न ८–२ ले जित निकालेको हो । बार्सिलोनालाई नमिठो हार चखाउन थोमस मुलर र फिलिप कोउटिन्होले समान दुई तथा रोबर्ट लोवान्डोस्की, इभान पेरिसिच, सर्ज जिनाब्री र जोसुवा किमिचले समान एक गोलको योगदान दिए ।

बार्सिलोनाले एक गोल उपहारमा पायो भने लुइस स्वारेजको एक प्रहारले गोलपोस्टको जाली चुम्न सफल भयो ।

खेलको चौथो मिनेटमा नै लेवान्डोस्कीको पासलाई मुलरले गोलमा परिणत गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ७ औं मिनेटमा डेभिड अलाबाको आत्मघाती गोल मार्फत बार्सिलोना खेलमा फर्कियो । उनले जोर्डी अल्बाको क्रसलाई क्लियर गर्ने क्रममा आफ्नौ पोस्टमा गोल गर्न पुगेका थिए ।

२१ औं मिनेटमा पेरिसिचले जिनाब्रीको पासलाई सदुपयोग गर्दै बायर्नलाई पुन ः अग्रता दिलाए । २७ औ मिनेटमा जिनाब्रीले गोल गर्दै बार्यनलाई अगाडी बढाए । उनले लिओन गोरेट्जकाको पासलाई सदुपयोग गरेका थिए ।

३१ औं मिनेटमा मुलरले किमिचको पासलाई सदुपयोग गर्दै बार्यनलाई ४–१ को अवस्थामा पु¥याए ।



पहिलो हाफमा ४–१ ले अगाडि रहेको बायर्नले दोस्रो हाफमा पनि ४ गोल नै थप्यो । ५७ औं मिनेटमा स्वारेजले जोर्डी अल्बाको पासलाई सदुपयोग गर्दै बर्यानको अग्रतालाई कम गरे । तर, त्यसपछि लगातार गोल खाँदा बार्सिलोनाले फराकिलो हार बेहोर्न प¥यो ।

६३ औं मिनेटमा किमिचले बार्यनकालागि पाँचौं गोल गरे । उनले अलफन्सो डेभिसको पासलाई सदुयोग गरेका थिए । ८२ औं मिनेटमा लेवान्डोस्कीले कोउटिन्होको पासलाई गोलमा परिणत गर्दै बायर्नलाई ६–१ ले अगाडी बढाए । 



८५ औं मिनेटमा कोउटिन्होले मुलरको पासलाई सदुपयोग गर्दै बायर्नकालागि सातौं गोल गरे । ८९ औं मिनेटमा लुकास हर्नान्डेजको पासलाई कोउटिन्होले नै गोलमा परिणत गर्दै बार्यनलाई ८–२ को सानदार जित दिलाए ।

छैटौं उपाधि लक्ष्यमा रहेको बार्यनले फाइनल प्रवेशकालागि म्याचेस्टर सिटी तथा लियोन बिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार ७:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया