म्यानचेस्टर सिटी र लियोन भिड्दै

च्याम्पियन्स लिगको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा शनिबार इङ्गलिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब ओलम्पिक लियोन एक अर्कासँग भिड्दै छन् ।

खेल नेपाली समयअनुसार राति १२ः४५बजे पोर्चुगलको स्टाडियो जोस एल्भालडेमा हुँदैछ ।

यी दुई टोलीले खासै एक अर्काको सामना गरेका छैनन् हालसम्म उनीहरू जम्मा दुई खेलमा आमने सामने भएका छन् । जसमा लियोनले एक खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ ।

सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई समग्रमा ४–२ ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो भने लियोनले इटालियन क्लबसँग समग्रमा २–२ को बराबरी खेले तापनि अबे गोलको फाइदा उठाउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो । 

पहिलो उपाधि खोजीमा रहेका यी दुईबीचको विजेताले फाइनल प्रवेशका लागि जर्मन क्लब बार्यन म्युनिखको सामना गर्नु पर्नेछ ।
 





  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १२:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया