युगान्डाली २३ वर्षीय धावक जोसुवा चेप्टेगेइले ५ हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।
उनले फ्रान्सको मोनाकोमा शुक्रबार भएको डाइमन्ड लिगमा १२ मिनेट ३५ दशमलब ३६ सेकेन्डमा दौड पूरा गर्दै १६ वर्ष अघिको विश्व कीर्तिमान तोडेका हुन् ।
यसअघि यो कीर्तिमान इथोपियाली धावक कोनिनिसा बेकेलेको नाममा थियो । उनले सन् २००४ मा १२ मिनेट ३७ दशमलब ३५ सेकेन्डमा दौड पूरा गर्दै यो कीर्तिमान बनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।