बार्सिलोनाविरुद्ध बायर्न म्युनिखको गोलको वर्षा

जर्मन क्लब बार्यन म्युनिख स्पेनिस क्लब बार्सिलोनाविरुद्ध सानदार जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । 

गएराति पोर्चुगलको स्टाडियो डा लुजमा भएको खेलमा बार्यन ८–२ ले विजयी भयो ।

बार्सिलोनालाई नमिठो हार चखाउन थोमस मुलर र फिलिप कोउटिन्होले समान दुई, दुई तथा रोबर्ट लोवान्डोस्की, इभान पेरिसिच, सर्ज जिनाब्री र जोसुवा किमिचले समान एक, एक गोलको योगदान दिए ।

बार्सिलोनाले एक गोल उपहारमा पाउँदा लुइस स्वारेजले एक गोल गरे ।

खेलको चौथो मिनेटमानै लेवान्डोस्कीको पासलाई मुलरले गोलमा परिणत गर्दै बार्यनलाई अग्रता दिलाए ।

७ औं मिनेटमा डेभिड अलाबाको आत्मघाती गोलमार्फत बार्सिलोना खेलमा फर्कियो । उनले जोर्डी अल्बाको क्रसलाई क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।



२१ औं मिनेटमा पेरिसिचले जिनाब्रीको पासलाई सदुपयोग गर्दै बार्यनलाई पुन: अग्रता दिलाए । २७ औ मिनेटमा जिनाब्रीले गोल गर्दै बार्यनलाई अगाडि बढाए । उनले लिओन गोरेट्जकाको पासलाई सदुपयोग गरेका थिए ।

३१ औं मिनेटमा मुलरले किमिचको पासलाई सदुपयोग गर्दै बार्यनलाई ४–१ को अवस्थामा पुर्याए ।



पहिलो हाफमा ४–१ अगाडि रहेको बार्यनले दोस्रो हाफमा पनि चार गोल थप्यो । ५७ औं मिनेटमा स्वारेजले जोर्डी अल्बाको पासलाई सदुपयोग गर्दै बार्यनको अग्रतालाई कम गरे । तर, त्यसपछि लगातार गोल खाँदा बार्सिलोनाले फराकिलो हार बेहोर्न पर्यो ।

६३ औं मिनेटमा किमिचले बार्यनका लागि पाँचौं गोल गरे । उनले अलफन्सो डेभिसको पासलाई सदुपयोग गरेका थिए ।

८२ औं मिनेटमा लेवान्डोस्कीले कोउटिन्होको पासलाई गोलमा परिणत गर्दै बार्यनलाई ६–१ ले अगाडि बढाए । 

८५ औं मिनेटमा कोउटिन्होले मुलरको पासलाई सदुपयोग गर्दै बार्यनका लागि सातौं गोल गरे । ८९ औं मिनेटमा लुकास हर्नान्डेजको पासलाई कोउटिन्होले नै गोलमा परिणत गर्दै बार्यनलाई ८–२ को सानदार जित दिलाए ।

छैटौं उपाधि लक्ष्यमा रहेको बार्यनले फाइनल प्रवेशका लागि म्यानचेस्टर सिटी तथा लियोन बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १२:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया