नेपाल ओलम्पिक कमिटीको कार्यालय थप एक साता बन्द रहने
फरकधार / ३१ साउन, २०७७

नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यालय थप एक साताका लागि बन्द हुने भएको छ । 



एनओसीले यसअघि अगस्ट ११ (साउन २७) मा तीन दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको थियो तर काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएपछि थप एक साताका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको एनओसीले विज्ञप्ति निकाल्दै जानकारी दिएको हो । 

एनओसीको कार्यालय अगस्ट २१ (भदौ ५) सम्म बन्द रहनेछ ।

अहिले काठमाडौं कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा एनओसीको कार्यालय अगस्ट २१ सम्म बन्द गर्ने निर्णय भएको छ र सो समयमा घरबाट नै काम हुनेछ एनओसीका उपाध्यक्ष तथा कार्यकारी अधिकृत चतुरानन्द राजवैधद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १२:५४:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया