यो निर्णय लिने समय हो र केही निर्णय भइसकेका छन् : बार्तामेउ

गएराति च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्यन म्युनिखसँग लज्जास्पद हारपछि बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले क्लबमा केही परिवर्तन गर्नुपर्ने बेला आएको र केही निर्णय भइसकेको बताएका छन् ।

जनवरीमा किके सेटिएन क्लबमा नयाँ प्रशिक्षकका रूपमा भित्रिए यता बार्सिलोनाले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन ।

ला–लिगाको उपाधि रक्षा गर्न नसक्नु, च्याम्पियन्स लिगको क्वार्टर फाइनलबाटै लज्जास्पद हार बेहोर्दै बाहिरिनु तथा बिना उपाधि सिजनको अन्त्य गर्नुले पनि धेरैले बार्सिलोनामा अब परिवर्तनको बेला आइसकेको बताएका छन् ।

बार्सिलोना २००७–२००८ को सिजनपछि पहिलोपटक उपाधिविहीन बनेको हो । 

बार्तामेउले पनि अब बार्सिलोनामा परिवर्तन हुने संकेत दिएका छन् । उनले बायर्नले राम्रो खेलेको तथा बार्सिलोनाले नराम्रो खेलेको बताए ।

उत्कृष्ट खेल खेल्ने बार्यनलाई बधाई उनीहरू सेमिफाइनल खेल्न योग्य टिम हुन्, पछिल्लो समय हाम्रो लय बिग्रिएकाले हामी उनीहरूको नजिकसम्म पनि पुग्न सकेनौँ यो निकै ठूलो पराजय हो । बार्तामेउले खेलपछि भने ।



‘आज एउटा विपत्तिको दिन थियो अब हामीले केही निर्णय लिने बेला आएको छ, हामीले तीमध्ये केहीका बारेमा विचार पनि गरिसकेका छौं,’ उनले बताए ।

‘आज निर्णय गर्ने होइन, हामी बार्सिलोनाका समर्थकहरू, सदस्यहरू तथा बार्सिलोनिस्टाससँग माफी माग्न चाहन्छौं,’ बार्तामेउले थपे ।



बार्तामेउले कस्तो निर्णयहरू भइसकेका छन् भन्ने खुलाएनन्  । ‘म कस्ता निर्णयहरू  भइसकेका छन् भन्ने खुलाउन चाहन्न किनकि अझै केही निर्णयहरू हुन बाँकी छन्,’ उनले भने, ‘आज प्रतिबिम्बित गर्ने दिन हो । भोलिदेखि हामी सबै बार्सिलोनाका समर्थकहरूको हौसला बढाउने प्रयास गर्ने छौं र अर्को साताबाट निर्णय लिने छौं ।’

  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १४:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया