२४ घण्टामा ४६८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४ सय ६८ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ११ हजार ४ सय ४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ सय २४ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा ८ हजार १ सय ९३ सक्रिय संक्रमितको संख्या रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्ट ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६ सय ६० पुगेको छ ।





  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १६:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया