काठमाडौं उपत्यकामा ९८ कोरोना सङ्क्रमित थपिए
फरकधार / ३१ साउन, २०७७

काठमाडौं उपत्यकामा कोरोनाका ९८ जना सङ्क्रमित थपिएका छन् । यसअघि लगातार पाँच दिनसम्म काठमाडौं उपत्यकामा सय जनाभन्दा बढी सङ्क्रमित फेला पर्दै आएकोमा शनिबार ९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ८०, ललितपुर र भक्तपुरमा नौ नौ जना गरी उपत्यकामा ९८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले टेकु अस्पताल र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सामान २४ जना सङ्क्रमितको पुष्टि भएको बताए ।

नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका आठ, वीरेन्द्र अस्पतालमा काठमाडौंका तीन, सूर्या प्रयोगशाला–लाजिम्पाटमा काठमाडौंका दुई र स्टार अस्पताल सानेपामा काठमाडौंका दश तथा ललितपुरका सात जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बिआइडिएच ल्याबमा काठमाडौंका दस र ललितपुरका एक, वीर अस्पतालमा काठमाडौंका तीन र भक्तपुरका एक तथा बी एन बी अस्पतालमा ललितपुरका एकमा सङ्क्रमणको पुष्टि भएको हो ।

  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १७:२७:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया