लिदी पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ ।  नेपाल रेडक्रसले घटनाको दोस्रो दिन १० दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो । 

साउन ३० गते बिहान गएको सुख्खा पहिरोमा परी ३७ घर पूर्ण क्षति भएका र  करिब १ सय ७९ घर प्रभावित भएका छन् । अहिलेसम्म  १२ जनाको सब फेला परेको र २७ जना अझै बेपत्ता रहेको बताइएको छ ।

रेडक्रसले जिल्ला शाखा सिन्धुपाल्चोकद्वारा आर्मीको हेलिकप्टरमार्फत घटनास्थलमा सहयोग पठाएको हो । पठाइएका सामाग्रीमा दाल, चामल, तेल, नुन, गरम मसला रहेका छन् ।

साथै, अस्थायी शौचालयका लागी २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजीकरणमा खानेपानीका लागि १४०० मिटर पाइप पनि पठाइएको छ । 

पहिरोबाट पूर्णक्षति भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याप्पमा बसेका छन् ।





  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १८:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया