कोरोना सङ्क्रमितको संख्या दुई करोड तेह्र लाख नाघ्यो

विश्वमा २ करोड १३ लाख ५७ हजार ८ सय ९० जना कोरोना सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनका अनुसार शनिबारसम्म विश्वभरि ७ लाख ६३ हजार ३ सय ८७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये हालसम्म १ करोड ४१ लाख ५१ हजार ७ सय ६६ व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ६४ लाख ४२ हजार ७ सय ३७ कोरोना सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ । 

डब्ल्युएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २ सय ६६ जनामा कोरोनाका सङ्क्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५ सय ३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना संक्रमति रहेका छन् । यहाँ १ लाख ७३ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेका छन् । यहाँ २ लाख ४४ हजार ९ सय ७ जनाको मृत्यु भएको छ । 

युरोपमा ३१ लाख २९ हजार ५ सय ४५ जना कोरोना संक्रमित रहेका छन् भने २ लाख २ हजार ५ सय १ को मृत्यु भएको छ । एसिया ५४ लाख ९० हजार ३ सय ९ जनामा कोरोना संक्रमण रहेको छ भने १ लाख १७ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।



अफ्रिकामा ११ लाख १ हजार ३ सय ४२ जनामा कोरोना संक्रमण रहेको छ भने २५ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १ सय ३२ जनामा कोरोना संक्रमण रहेको छ भने ४ सय ५ जनाको मृत्यु भएको छ ।



  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १९:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया