कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु
फरकधार / ३१ साउन, २०७७

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको परिवारजनले बताएका छन् ।

अस्पतालका अनुसार समयमै उपचारका लागि अस्पतालमा नल्याउँदा बिरामीको मृत्यु भएको हो । 

  • प्रकाशित मिति : साउन ३१, २०७७ शनिबार १९:३१:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया