नेकपाले बोलायो सचिवालय बैठक
फाइल तस्बिर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे नौ बजे बैठक आह्वान भएको पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो । सचिवालय बैठक राखेर कार्यदललाई औपचारिकता र कार्यादेश दिन लागिएको स्रोतको भनाइ  छ ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । नेताहरूको माग मुताविक नै सचिवालय बैठक बस्न लागेको हो ।





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार १३:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया