विराटनगर महानगरमा थप ४३ जना सङ्क्रमित

मोरङ– समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।​

महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का ६–६ जना , विराटनगर २ र ५ का चार–चारजना, विराटनगर ४ का तीनजना र विराटनगर ८ का एकजना रहेका छन् ।
    
यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ छ । 





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार १७:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया