नेकपा सचिवालय बैठक बस्दै
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्दै छ । विहान ९ बजे सुरु हुने सचिवालय बैठकले विवाद समाधानका लागि बनाइएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्नेछ । 

यसअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको सहमतिअनुसार नेकपा विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको छ । 

६ सदस्यमा शंकर पोखरेल, जनाद्र्धन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन् । तर, दुई अध्यक्षले बनाएको यो कार्यदलबारे सचिवालय सदस्यहरुले नै प्रश्न उठाएपछि आज सचिवालय बैठक बोलाइएको हो । 

यो कार्यदलले शनिबारदेखि नै काम सुरु गरिसकेको छ । अहिलेको विवाद समाधान गर्न ठोस कार्यनीति बनाउने जिम्मेवारी कार्यदलले पाएको हो ।






  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार ७:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया