नेकपा सचिवालयद्वारा कार्यदल अनुमोदन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।

बैठकले वर्तमान मन्त्रिपरिषद् फेरबदलको विषयमा पनि कार्यदलको निष्कर्षपछि मात्र छलफल हुने जानकारी दिए ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

अध्यक्षद्वयले अन्य नेताहरूसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका असन्तुष्टि जनाएपछि सचिवालय बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो । 'पार्टीको समस्या समाधान र निकासका लागि दुई अध्यक्षले आफ्नो सहयोगका निम्ति कार्यदल गठन गर्ने पाउँदैनन् भन्ने होइन', प्रवक्ता श्रेष्ठले भने, 'तर कार्यदललाई अझै उत्साहित ढंगले काम गर्ने बनाउनका लागि यसलाई सचिवालयबाट अनुमोदन गराउनुपर्छ भन्ने मत पनि थियो आजको बैठकले अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै कार्यदल गठनलाई अनुमोदन गरेको छ ।'

बैठकले अहिले मुलुकमा रहेका कार्यभार पूरा गर्न पार्टी र सरकार सक्षम हुने गरी सुझाव दिन सकोस् भन्ने शुभकामना समेत दिइएको उनले बताए ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १२:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया