पोखरा महानगरपालिकामा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा
फाइल फोटो

स्थानीय स्तरमै कोरोना सङ्क्रमण भएको पुष्टि हुन थालेपछि पोखरा महानगरपालिकामा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । महानगरपालिका मेयर मानबहादुर जिसी, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, वडाध्यक्ष लगायतका जनप्रतिनिधि र कर्मचारीलाई समेत आम नागरिकले कडा लकडाउन नगरे कास्कीमा महामारी नियन्त्रण जाने भन्दै लकडाउन गर्न माग गरेका थिए । 

 

पोखरा महानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो ।  महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले भदौ ८ गतेसम्म कायम राख्ने गरी निषेधाज्ञा लागु गरेको हो । 

 

तत्कालका लागि एक हप्ताका लागि तोकिएको निषेधाज्ञा सङ्क्रमणको अवस्था हेरेर थप गर्ने वा नगर्ने विषयमा पछि नै निर्णय हुने बताइएको छ । चाडपर्व मुखैमा आएकोले यो बेलामा आवतजावत र भेटघाट बढी हुँदा समुदायमा महामारी नियन्त्रण बाहिर रहने गरी फैलिन सक्ने भएकोले त्यसैको सतर्कता स्वरूप निषेधाज्ञा जारी गर्नुपरेको  बताइएको छ ।


 निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरू सबै पसल बन्द रहनेछन् । तोकिएका कामका लागि बाहेक आम सर्वसाधारणहरू घर बाहिर निस्कन पाउने छैनन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न नपाउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १७:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया