दस हजार घुस लिँदालिँदै पक्राउ परे नायब सुब्बा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत एकजनालाई पक्राउ गरेको छ । 

अख्तियारले विभागको बबरमहल काठमाडौंमा कार्यरत नायब सुब्बा शिव शंकर महतोलाई पक्राउ गरेको हो ।

उनलाई दस हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सेवाग्राहीसँग घुस लिने गरेको सूचना आएपछि छापा मारिएको अख्तियारले जनाएको छ ।

नायब सुब्बा महतोले फर्म दर्ता गर्दा घुस माग्ने गरेका अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १७:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया