विदेशमा अलपत्र नेपालीको उद्धार उडान स्थगित

काठमाडौं– सरकारले विदेशबाट नेपाली नागरिकको उद्धार उडान स्थगित गरेको छ । कति दिनसम्म उद्धार उडान रोक्ने यकिन जानकारी आएको छैन ।

यसअघिका दिनमा सरकारले दैनिक ५ सयको संख्या नबढाई विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने निर्णय गरेको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोनाको संक्रमण फैलिँदै गएको र विभिन्‍न जिल्लामा लकडाउन भएकाले केही दिनका लागि उद्धार उडान रोकिएको जानकारी दिएको छ । 

नेपाल वायुसेवा निगमले पनि अगष्ट १८ देखिको उद्धार उडान तालिका अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १९:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया