आज राति १२ बजेबाट कास्की जिल्लाभर निषेधाज्ञा

पोखरा, कोरोना संक्रमणको जोखिम बढेको भन्दै कास्कीमा मंगलबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बिहान प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको बसेको संकट व्यवस्थापन समितिको बैठकले  कास्की जिल्लाभर  ७ भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको  प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

यसअघि पोखरा महानगरपालिकाले सोमबार  जिल्ला समक्ष निषेधाज्ञाको सिफारिस  गरेको थियो । पोखरा महानगरमा अत्यावश्यक पसल तथा व्यवसाय मात्रै खोल्न दिइने महानगरपालिकाले जानकारी दिएको छ ।  

गण्डकी प्रदेश सरकारले कोभिड रोकथामका लागि बनाएको संकट व्यवस्थापन समितिको पनि सोमबार बैठक बसेको थियो । बैठकले आवश्यकता हेरी आवत जावतमा कडाइ गर्न सक्ने निर्णय गरेको थियो । प्रदेशका सबै जिल्लामा बुधबारदेखि हिँडडुल र भीडभाड गर्न कडाइ गर्ने  निर्णय समितिले गरेको थियो ।





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार ११:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया