सुनको मूल्य फेरि लाख नाघ्यो

सुनको मूल्यमा यतिबेला निकै उतार चढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख ४ सय रुपैयाँ कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको हो । सोमबारको तुलनामा आज एकैदिन तोलामा २ हजार २ सय रुपैयाँले सुनको मूल्य बढेको छ । छापावाल सुन हिजो तोलाको ९८ हजार २ सय रुपैयाँ कायम गरिएको थियो  ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँ थियो ।

यसैगरी चाँदीको मूल्य पनि एकै दिन तोलामा ६५ रुपैयाँले बढेको छ । सोमबार तोलाको १३ सय १५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर १३ सय ८० पुगेको महासंघले जनाएको छ ।

यो साताको आइतबार र सोमबार घटेको सुनको भाउ मंगलबार ह्वात्तै बढेको छ । दुई दिन २/२ सय रुपैयाँका दरले घटेको थियो ।





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १२:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया