अन्तःशुल्क इजाजत नवीकरणको म्याद दुई महिना थप


कोरोनाका कारण उत्पन्न परिस्थितिले गर्दा अर्थ मन्त्रालयले अन्तःशुल्क इजाजत नवीकरणको म्याद दुई महिना थप गरेको छ । अन्तःशुल्क ऐन २०५८ अनुसार साउनभित्र गर्नुपर्ने इजाजत नवीकरणको समय असोज मसान्तसम्म थपिएको हो । 

अन्तःशुल्क लाग्ने वस्तुको थोक तथा खुद्रा कारोबार गर्ने व्यवसायीलाई धेरै समस्या आउने अवस्था देखिएकाले इजाजत नवीकरण गर्ने समयावधि थपिएको आन्तरिक राजस्व विभागले जनाएको छ  । 

अन्तःशुल्कको इजाजत आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट नवीकरण गर्न सकिन्छ ।
 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १३:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया