चालु आवको पहिलो महिनामा आयात घट्यो

चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो महिनामा विदेशबाट हुने आयातमा उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ ।
 
गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको विभिन्न वस्तु आयात भएकोमा यो वर्षको साउन महिनामा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँको मात्र आयात भएको छ । 


यो वर्षको साउनमा निर्यात भने गत वर्षको तुलनामा करिब नौ प्रतिशतले बढेको विभागले जनाएको छ । यो वर्ष साउनमा नौ अर्ब ६१ करोड ९८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गतवर्षको साउनमा आठ अर्ब ८३ करोड ६४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । 

 

आयात व्यापार घटेसँगै राजस्व सङ्कलनमा पनि कमी आएको छ । गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा भन्सार राजस्व सङ्कलनमा १७ दशमलव शून्य सात प्रतिशतले कमी आएको विभागको तथ्यांक छ । साउनमा २२ अर्ब ८४ करोड ७० लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ । गतवर्ष सोही अवधिमा २७ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १४:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया