एनआईसी एसिया बैंकले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषको बैंक खातामा जम्मा गरेको जनाएको छ । बैंकले यसअघि पनि देशका सातै प्रदेश सरकारलाई १५÷१५ लाख गरी कुल १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ ।
उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो । साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको जनाएको छ ।
बैंकले हाल देशभर ३२६ शाखा कार्यालय, ४६६ एटिएम, १०२ एक्स्टेन्सन काउण्टर एवं ६४ शाखारहित बैंकिङ सेवा उपलब्ध छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।