कंगना रनावतको टिमले भन्यो– ‘करन जौहरलाई दिइएको पद्म श्री पुरस्कार फिर्ता गरियोस्’

फिल्मको अलावा सामाजिक मुद्दामा पनि सधैं आवाज उठाइरहने अभिनेत्री हुन् कंगना रनावत । पछिल्ला केही महिनायता अभिनेता सुशान्त सिंहको मृत्युपछि उनी झन् सक्रिय रूपमा बोल्न थालेकी छन् । फिल्म निर्माता करन जौहर र महेश भट्टविरुद्ध खरो रूपमा उत्रिएकी छन् कंगना ।

कंगनाले महेश भट्ट र करन जौहर लगायत अन्य केही फिल्म निर्माताविरुद्ध नेपोटिजमको ओरोप लगाउँदै आइरहेकी कंगनाले फेरि करनविरुद्ध बोलेकी छन् ।

‘म भारत सरकारसँग आग्रह गर्छु कि करन जौहरलाई दिइएको पद्म श्री अवार्ड फिर्ता लिइयोस्,’ कंगनाको टिमले ट्विटरमा करनविरुद्ध लेखेको छ, ‘उनले मलाई खुलेआम धम्काए र एक अन्तर्राष्ट्रिय प्लेटफर्ममा इन्डस्ट्री छोड समेत भने । उनले सुशान्तको करियर बर्बाद गरिदिए ।’

 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १६:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया