राजस्व बोर्डको अध्यक्षमा महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारी नियुक्त

काठमाडौं– राजस्व बोर्डको अध्यक्षमा सरकारले महेश दाहाललाई नियुक्त गरेको छ । दाहालले केही समयअघि मात्रै सचिवबाट अवकाश लिएका थिए । 

यसैगरी बोर्डको सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त भएका छन् । अधिकारीले अर्थ मन्त्रालयको सहसचिवबाट केही समयअघि अवकाश पाएका थिए । उनी अहिले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष छन् ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले यो निर्णय गरेको हो । बोर्डमा दुई सदस्य हुनेमा एक जनाको पद रिक्त छ ।

राजस्व बोर्ड गठनका लागि आह्वान गरिएको प्रस्तावमा अध्यक्षका लागि दाहालले मात्रै आवेदन दिएका थिए भने सदस्यमा अधिकारीको मात्रै आवेदन परेको थियो ।





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १७:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया