बर्दिया– बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।
सङ्क्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए ।
मंगलबार बिहान १ः३० बजे उनको निधन भएको र ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।