उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी भएसँगै बैंकहरूले पनि सीमित शाखाबाट मात्रै सेवा उपलब्ध गराउने तयारी गरेको छ ।
तीनवटै जिल्ला प्रशासनले उपत्यका भरका लागि निषेधाज्ञा जारी गरेकाले बिहीबारबाट एउटा वाणिज्य बैंकले काठमाडौं उपत्यकामा दैनिक बढीमा ८ वटा शाखाबाट मात्रै सेवा प्रदान गर्ने गरी तयारी गरेको बैंकर्स संघले जनाएको छ ।
जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेसँगै न्यूनतम कर्मचारीबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अत्यावश्यक वित्तीय सेवा उपलब्ध गराउन र सकेसम्म विद्युतीय कारोबारलाई प्राथमिकता दिनु पर्ने बताएको छ । योसँगै राष्ट्र बैंकले दिने निर्देशनका आधारमा वित्तीय सेवा प्रदान गरिने संघको भनाइ छ । बैंकहरूले भने निषेधाज्ञा अवधिभर काठमाडौं मा ५, ललितपुरमा २ र भक्तपुरमा १ वटा शाखा आलोपालो खोल्ने तयारी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।