एनआईसी एशिया बैंकको कर्जाको आवेदन खल्तीमार्फत

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि खल्ती डिजिटल वालेटमार्फत आवेदन दिन सक्ने  भएका छन् । बैंक ऋण लिन चाहने ग्राहकको सहजताका लागि बैंकले खल्तीसँग सहकार्य गरी यस्तो सुविधा दिएको हो ।

 

एनआइसी एशिया बैंकले ८ दशमलव २५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जासम्बन्धी  निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ । बैंकले ल्याएको कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो बर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता रहेको बैंकले जनाएको छ ।

 

खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

 



खल्तीले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहकको आवेदन संकलन गर्ने मात्रै काम गर्नेछ । संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी एशिया बैंकमा पठाइदिने खल्तीले जनाएको छ ।



  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १५:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया