प्रदेश १ मा मात्रै थपिए १२३ संक्रमित

मोरङ– प्रदेश नं १ मा आज १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमण पुष्टि भएकामा ३३  महिला र ९० जना पुरुष छन् । सङ्क्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई भारतीय नागररिक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै, विराटनगरमा आज ५२ जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ३२ पुरुष र २० जना महिला छन् । मोरङको रङ्गेलीमा पाँच महिला र चारजना पुरुष, बुढीगंगामा एक महिला एक पुरुष, कटहरीमा एक महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ । 

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष र एक महिला, दुहवीमा आठ पुरुष र तीन महिला, बर्जुमा चार पुरुष र एक महिला, इटहरी चार पुरुष, धरान र रामधुनीमा दुई–दुई पुरुष, झापाको दमकमा आठजना, भद्रपुरमा तीन, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा एक-एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

झापाका दुईजना र पाँचथरका एकजना पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि भएका भारतीय नागरिकमा एक महिला र एक पुरुष छन् ।
 
प्रदेश  नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३५५ पुगेको छ भने आज दुईजना निको भएका छन् । दुवैजना मेची अञ्चल अस्पताल धाइजन आइसोलेसन केन्द्रबाट निको भएर घर फर्केका हुन् । 

कोरोनाबाट सङ्क्रमित भएका निको भएर घर फर्कनेको सङ्ख्या एक हजार १३५ जना पुगेको छ । प्रदेश नं. १ मा आज एक  हजार ९४१ जनाको पिसिआर परीक्षण गरिएको छ । 

मङ्गलबार दुई हजार ६३१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हाल सम्म ७२ हजार ४३ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १९:३१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया