धरान । सप्तरीका एक युवामा मृत्युपछि कोरोना पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत अवस्थामा मंगलबार मृत्यु भएका युवाको कोरोना संक्रमणको पुष्टि भएको बिपी प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।
मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज-४ का २८ वर्षीय युवकलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सुरुमा राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । ज्वरो आउनुकासाथै श्वास–प्रश्वासमा समेत समस्या देखिएका उनलाई अवस्था जटिल रहेको भन्दै बीपी प्रतिष्ठान रेफर गरेको थियो । बीपीमा लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।
बुधबार राति आएको रिपोर्टमा मृतक युवामा कोरोना संक्रमणको पुष्टि भएको जनाइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।