बाटोमा कर्मचारीलाई प्रहरीले रोकेपछि उपत्यकाका बैंकका शाखा नखाेल्ने निर्णय

नपाल बैंकर्स संघले आज काठमाडौंमा रहेका शाखाहरु नखोल्ने निर्णय गरेको छ । निषेधाज्ञा भन्दै प्रहरीले बैंकका कर्मचारीहरुलाई बाटोमा रोक्न थालेपछि बैंकर्स संघले यो निर्णय गरेको हो ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकका कर्मचारीलाई प्रहरीले बाटोमा रोकेपछि बैंक नखोल्ने निर्णय गरिएको जानकारी दिएका छन् । 

कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा गए राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा पालना गराउन सडकमा प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । कुनै कामविना घरबाट बाहिर निस्किएका मानिसहरुलाई उनीहरुले एक घन्टा होल्डिङ सेन्टरमा रोकेका छन् । 

यसरी रोकिनेमा बैंकका कर्मचारी र सिइओसमेत रहेको भन्दै बैंकर्स संघले उपत्यकामा कुनै पनि बैंक शाखा नखुलाउने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १०:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया